माघ १५, २०८२ बिहीबार | १८:४८:५९
साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो

कुशलको अलराउन्ड प्रदर्शनप्रेरित नेपाल फाइनलमा

काठमाडौं । कुशल भुर्तेलको अलराउन्ड प्रदेशनप्रेरित नेपाल त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाको फाइनल प्रवेश गरेको छ ।

हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा मंगलबार सम्पन्न खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी) लाई ८५ रनले पराजित गर्यो ।

जितसँगै नेपालले दुई खेलमा तीन अंक जोड्यो । नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण विना नतिजा टुङ्गिएको थियो ।

नेपालले प्रस्तुत गरेको १९९ रनको लक्ष्य पछ्याएको पिएनजी १६.१ ओभरमा ११३ रनमा समेटियो । पिएनजीका लागि हिरी हिरीले २८, सेसे बाउले २१, टोनी उराले १३ र नसैना पोकनाले १२ रन बनाए ।

नेपालका लागि कुशल चार ओभरमा १२ रन खर्चिदै चार विकेट लिए । यसैगरी प्रतिश जिसीले दुई तथा आकाश चन्द र गुल्सन झाले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै रनको १९८ योगफल तयार पार्यो ।

नेपालका लागि कुशल भुर्तेलले ३९ बलमा समान चार चौका र छक्काको मद्दतले सर्वाधिक ५९ रनको योगदान गरे । यसैगरी सन्दीप जोराले २६ बलमा चार छक्का र तीन छक्काको मद्दतले ५६, विनोद भण्डारीले २७, विवेक यालवले अविजित १९, गुल्सन झाले अविजित १५ र लोकेश बमले १४ रन बनाए ।

कुशलले पहिलो विकेटका लागि विनोदसँग ६४ र चौथो विकेटका लागि सन्दीपसँग ५० रनको साझेदारी गरे ।

पिएनजीका लागि कप्तान असाद भालाले दुई तथा नसैना पोकना, जोन कारिको र नोर्मन भानुआले समान एक विकेट लिए ।

आजै हुने पिएनजी र हङकङबीचको खेलले फाइनल पुग्ने अर्को टोलीको टुङ्गो लगाउनेछ । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।