चैत्र ८, २०८२ आइतबार | ०८:२२:१७
पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ?

कुशलको अलराउन्ड प्रदर्शनप्रेरित नेपाल फाइनलमा

काठमाडौं । कुशल भुर्तेलको अलराउन्ड प्रदेशनप्रेरित नेपाल त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाको फाइनल प्रवेश गरेको छ ।

हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा मंगलबार सम्पन्न खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी) लाई ८५ रनले पराजित गर्यो ।

जितसँगै नेपालले दुई खेलमा तीन अंक जोड्यो । नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण विना नतिजा टुङ्गिएको थियो ।

नेपालले प्रस्तुत गरेको १९९ रनको लक्ष्य पछ्याएको पिएनजी १६.१ ओभरमा ११३ रनमा समेटियो । पिएनजीका लागि हिरी हिरीले २८, सेसे बाउले २१, टोनी उराले १३ र नसैना पोकनाले १२ रन बनाए ।

नेपालका लागि कुशल चार ओभरमा १२ रन खर्चिदै चार विकेट लिए । यसैगरी प्रतिश जिसीले दुई तथा आकाश चन्द र गुल्सन झाले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै रनको १९८ योगफल तयार पार्यो ।

नेपालका लागि कुशल भुर्तेलले ३९ बलमा समान चार चौका र छक्काको मद्दतले सर्वाधिक ५९ रनको योगदान गरे । यसैगरी सन्दीप जोराले २६ बलमा चार छक्का र तीन छक्काको मद्दतले ५६, विनोद भण्डारीले २७, विवेक यालवले अविजित १९, गुल्सन झाले अविजित १५ र लोकेश बमले १४ रन बनाए ।

कुशलले पहिलो विकेटका लागि विनोदसँग ६४ र चौथो विकेटका लागि सन्दीपसँग ५० रनको साझेदारी गरे ।

पिएनजीका लागि कप्तान असाद भालाले दुई तथा नसैना पोकना, जोन कारिको र नोर्मन भानुआले समान एक विकेट लिए ।

आजै हुने पिएनजी र हङकङबीचको खेलले फाइनल पुग्ने अर्को टोलीको टुङ्गो लगाउनेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो