एक्स्ट्राटेक लिजेन्ड कप

२०१४ ट्वान्टी २० विश्वकप लिजेन्ड च्याम्पियन

काठमाडौं । पारस खड्काको कप्तानीमा रहेको सन् २०१४ ट्वान्टी २० विश्वकप लिजेन्ड टोली तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कप टी १० प्रतियोगिताको च्याम्पियन बनेको छ ।

तिलोत्तमा नगरपालिकास्थित एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटनका अवसरमा आयोजित प्रतियोगिताको फाइनलमा सोमबार २०१४ विश्वकप लिजेन्डले विनोद दासको कप्तानीमा रहेको रेस्ट अफ नेपाललाई १७ रनले पराजित गर्यो ।

२०१४ टोलीले प्रस्तुत गरेको १०२ रनको पछ्याएको रेस्ट अफ नेपालले १० ओभर नै बयाटिङ गरे पनि नौ विकेट गुमाएर ८४ रन मात्र बनाउन सक्यो । रेस्ट अफ नेपालका लागि लाक्पा लामा १० बलमा २० रन बनाएर अविजित रहे । युनिल श्रेष्ठले १८ र सीता राना मगरले  १२ रन जोडे र  अन्य

२०१४ टोलीका लागि स्यामसुङजंग थापाले चार, शक्ति गौचन र बद्री पंगेनीले समान दुई तथा दिपेन लाम्गाडेले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको २०१४ विश्वकप लिजेन्डले निर्धारित १० ओभरमा सात विकेट गुमाएर १०१ रनको योगफल तयार पार्यो।

२०१४ टोलीका लागि कप्तान पारस खड्काले १२ बलमा चार छक्का र तीन चौकाको मद्दतल सर्वाधिक ३९ रनको योगदान गरे । यसैगरी  वीरेन्द्र २९ र प्रफुल्ल वैद्यले १३ रन जोडे ।

रेस्ट अफ नेपालका लागि लाक्पा लामाले चार तथा राजकुमार प्रधान र दीपेन्द्र चौधरीले समान एक विकेट लिए ।

रेस्ट अफ नेपालले रुपन्देही लिजेन्ड तथा २०१४ टोलीले सन् १९९६ लिजेन्डलाई हराउँदै फाइनल यात्रा तय गरेका थिए ।