तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कप

रेस्ट अफ नेपाल फाइनलमा

काठमाडौं । विनोद दासको कप्तानीमा रहेको रेस्ट अफ नेपालले हरि थापाको कप्तानीमा रहेको रुपन्देही लिजेन्डलाई १६ रनले पराजित गर्दै तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कप टी १० प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको छ ।

तिलोत्तमा नगरपालिकास्थित एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटनका अवसरमा आयोजित प्रतियोगितामा सोमबार रेस्ट अफ नेपालले प्रस्तुत गरेको ९५ रनको लक्ष्य पछ्याएको रुपन्देहीले १० ओभर नै ब्याटिङ गरे पनि दुई विकेट गुमाउँदै ७८ रन मात्र बनाउ सक्यो ।

रुपन्देहीका लागि लागि सञ्जय श्रेष्ठले २०, लालबहादुर अधिकारीले १९ र सन्जिब जोशीले १० रन बनाए ।

रेस्टअफ नेपालका लागि राजु बस्न्यात र लक्पा लामाले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको रेस्ट अफ नेपालले निर्धारित १० ओभरमा सात विकेट गुमाउँदै ९४ रनको योगफल तयार पार्यो ।

रेस्ट अफ नेपालका लागि विकाश दलीले २१, दीपेन्द्र चौधरीले १९ र पारस लौनियाले १४ रन बनाए । रुपन्देहीका लागि सुशानमान श्रेष्ठले तीन तथा हरि थापा कृष्ण कुँवर र पुनित पोखरेलले समान एक विकेट लिए ।

रेस्ट अफ नेपालले उपाधिका लागि सन् २०१४ ट्वान्टी २० विश्वकप लिजेन्डको सामना गर्नेछ । पारस खड्काकाे कप्तानीमा रहेको २०१४ लिजेन्डले लेखबहादुर (एलबी) क्षेत्रीको कप्तानीमा रहेको सन् १९९६ लिजेन्डलाई पाँच विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो ।