अन्तर्राष्ट्रिय पिकलबल प्रतियोगिता

अन्तर्राष्ट्रिय पिकलबल प्रतियोगिताः नेपाल च्याम्पियन

काठमाडौं । एनएसएल नेपाल अन्तर्राष्ट्रिय पिकलबल प्रतियोगितामा नेपाल च्याम्पियन बनेको छ । 

नेपाल सुपर लिग (एनएसएल) को आयोजना र पिकलबल संघ नेपालको सहकार्यमा भएको प्रतियोगितामा नेपालले २० स्वर्ण, १३ रजत र २० कास्यसहित कुल ५३ पदक जित्यो ।

यसैगरी दोस्रो भएको भारतले नौ स्वर्ण, १६ रजत र ११ कास्यसहित कुल ३६ पदक हात पार्यो । तेस्रो भएको सिंगापुरले सात स्वर्ण, एक रजत र चार कांस्य पदक जित्यो ।  बेलायत पाँच स्वर्ण, १२ रजत र १४ कांस्य पदकका साथ चौथो स्थानमा रह्यो ।

पाँचौं भएको थाइल्यान्डले पाँच स्वर्ण र चार रजतसहित कुल नौ पदक जित्यो ।

ललितपुरको सातदोबाटोस्थित टेनिस कोर्टमा सम्पन्न प्रतियोगितामा नेपाल, बेलायत, सिंगापुर, थाइल्यान्ड, भारतलगायत आठ राष्ट्रका १२० भन्दा बढी खेलाडी सहभागी थिए ।

नेपालमा पहिलो पटक पिकलबलको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भएको हो ।