जाेशुवा किमिच

बायर्नमै रहने किमिचको इच्छा

काठमाडौं । पछिल्लो समय युरोपका ठूला क्लबसँग नाम जोडिएका जर्मन मिडफिल्डर जाेशुवा किमिचले आफ्नो सम्झौता रहँदासम्म बायर्न म्युनिख छाड्न नचाहेको बताएका छन् ।

‘मेरो सम्झौता सन् २०२५ सम्म छ र क्लबका लागि आफ्नो उत्कृष्ट प्रदर्शन गर्न चाहन्छु,’ किमिचले भने,‘निश्चित रूपमा म यहाँ खुसी छु। ’

सन् २०१५ मा अर्को जर्मन क्लब आरबी लाइपजिगबाट बायर्न भित्रिएका किमिचले २५३ बुन्डेसलिगा खेलमा २६ गोल गरेका छन् ।

किमिच अनुबन्धमा इङ्लिस क्लब लिभरपुल र म्यानचेस्टर सिटी तथा फ्रेन्च क्लब पेरिस सेट जर्मन (पिएसजी)ले चासो देखाइरहेका छन् ।