चैत्र ८, २०८२ आइतबार | ११:३०:४२
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

पारसको टोली विजयी

काठमाडौं । पारस खड्काको कप्तानीमा रहेको सन् २०१४ ट्वान्टी २० विश्वकप लिजेन्डले लेखबहादुर (एलबी) क्षेत्रीको कप्तानीमा रहेको सन् १९९६ लिजेन्डलाई पाँच पराजित गरेको छ ।

तिलोत्तमा नगरपालिकास्थित एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटनका अवसरमा आयोजना भएको तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कप टी १० प्रतियोगितामा सोमबार १९९६  लिजेन्डले प्रस्तुत गरेको ६८ रनको लक्ष्य २०१४  लिजेन्डले ९.४ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।

२०१४ का लागि विरेन्द्र शाहले ३५,दिपेन लम्गाडेले आठ, शक्ति गौचन र शरद भेषवाकारले अविजित ६, पारस खड्काले ६ र जितेन्द्र मुखियाले पाँच रन बनाए ।

१९९६का लागि बसन्त शाही ठकुरीले तीन तथा किरण राना र एलबी क्षेत्रीले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको १९९६ लिजेन्डले निर्धारित १० ओभरमा आठ विकेट गुमाउँदै ६७ रनको योगफल तयार पार्यो ।

१९९६ ले राजु खड्काले २७, मनिषराज पाण्डेले ११, जगत टमाटाले नौ, एलबी क्षेत्रीले चार, सञ्जय गुरुङले तीन, पुकार पन्तले दुई, बसन्त शाही ठकुरीले अविजित दुई र किरण रानाले अविजित एक रन बनाए ।

२०१४ विश्वकप लिजेन्डका लागि स्यामसुङजंग थापा र शक्ति गौचनले समान दुई ताथ बद्री पंगेनी, जितेन्द्र मुखिया, दिपेन लम्गाडे र ममता थापाले समान एक विकेट लिए ।

फाइनलमा २०१४ विश्वकप लिजेन्ड रेस्ट अफ नेपाल र रुपन्देही लेजेन्डबीचकाे विजेतासँग खेल्नेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो