अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखला

हङकङविरुद्ध फिल्डिङ गर्दै नेपाल

काठमाडौं । नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाको पहिलो खेलमा घरेलु टोली हङकङविरुद्ध पहिलो फिल्डिङ भएको छ । मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

दुवै टोली जितका साथ शृंखलाको सुरुआत गर्ने लक्ष्यमा छन् ।

मैत्रीपूर्ण खेलमा शनिबार नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो ।

नेपाल र हङकङबीच आठ अन्तर्राष्ट्रिय ट्वान्टी २० खेल हुँदा दुवै टोलीले समान चार जित निकालेका छन् ।

नेपालले शनिबार खेलेको टोलीमा तीन परिवर्तन गरेको छ । राशिद खान, सागर ढकाल र आकाश चन्द बेन्चमा रहँदा करण केसी, अविनाश बोहरा र लोकेश बमलाई मौका दिइएको छ ।

नेपालको पहिलो रोजाइ

रोहितकुमार पौडेड (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी(विकेटकिपर), आरिफ शेख, लोकेश बम, विवेक यादव, सन्दीप जोरा, गुल्सन झा, अविनाश बोहरा, प्रतिश जिसी