अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखला

हङकङको सामना गर्दै नेपाल

काठमाडौं । नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाको पहिलो खेलमा आइतबार घरेलु टोली हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ः १५ मा मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा सुरु हुनेछ ।

दुवै टोली जितका साथ शृंखलाको सुरुआत गर्ने लक्ष्यमा छन् ।

नेपाल, पपुवा न्युगिनी र हङकङबीच शृंखला हुनेछ । रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाल दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख र सोमपाल कामीलगायतका पहिलो रोजाइका खेलाडी विना नै हङकङ पुगेको छ ।

मैत्रीपूर्ण खेलमा शनिबार नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो ।

नेपाललाई विनोद भण्डारी, कुशल भुर्तेल, आरिफ शेख जस्ता खेलाडीको साथ रहनेछ ।  शनिबारको खेलमा विनोदले ४२ रन बनाएका थिए । 

नजाकत खानको कप्तानीमा रहेकको हङकङबाबर हायत, अन्शुमन रथ, एहसान खान र एजान खान जस्ता खेलाडीका साथ मैदान उत्रिने छ । बाबरले शतक प्रहार गर्दा एजाज खानले चार विकेट लिएका थिए ,

नेपाल र हङकङबीच आठ अन्तर्राष्ट्रिय ट्वान्टी २० खेल हुँदा दुवै टोलीले समान चार जित निकालेका छन् ।