साफ यु-१६ महिला च्याम्पियनसिप

उपाधिका लागि बंगलादेश र भारत भिड्दै

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१६ महिला च्याम्पियनसिपको उपाधिका लागि आइतबार बंगलादेश र भारत प्रतिस्पर्धा गर्दैछन् ।

फाइनल सातदोबाटोस्थित एन्फा मुख्यालयमा दिउँसो ३ बजेबाट सुरु हुनेछ।

लिग चरणमा शतप्रतिश जित नेकालेको बंगलादेश शीर्ष तथा भारत दुई जित र एक हारको नतिजासहित दोस्रो स्थानमा रहँदै फाइनल पुगेका हुन् ।

बंगलादेशले लिग चरणका तीन खेलबाट नौ अंक जोड्दा भारतको ६ अंक रह्यो ।

यसअघि बंगलादेशले घरेलु टोली नेपाललाई २-०, भारतलाई ३-१ र भुटानलाई ६-० ले पराजित गरेको थियो। यसैगरी भरातले भुटानलाई ७-० र नेपाललाई १०-० ले हराएको थियो ।

प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटानको सहभागिता थियो । सबै टोलीले एकअर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्न लागेका हुन् ।