अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखला

नेपाल र हङकङबीचको खेल वर्षाले रोकियो

काठमाडौं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखला अन्तर्गत नेपाल र  घरेलु टोली हङकङबीच जारी खेल वर्षाका करण रोकिएको छ ।

मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ५ ओभरमा  एक विकेट गुमाउँदै ४३ रन बनाएको स्थितिमा पानी परेपछि खेल रोकिएको हो ।

हङकङका लागि अन्शुमन रथ ३३ र कप्तान निजाकत खान १० रन बनाएका छन् ।

नेपालका लागि करण केसीले पहिलो बलमै विकेट लिए ।  करणले मार्टिन कोट्जेलाई गुल्सन झाबाट क्याच गराए ।