त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखला

नेपाल र हङकङबीचको खेल सुरु

काठमाडौं । वर्षाले रोकिएको त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखला अन्तर्गत घरेलु टोली हङकङ र नेपालबीचको खेल सुरु भएको छ ।  

मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ५ ओभरमा १ विकेट गुमाउँदै ४३ रन बनाएको स्थितिमा पानी परेपछि खेल रोकिएको थियो ।

खेल रोकिनुअघि हङकङका लागि अन्शुमन रथ ३३ र कप्तान निजाकत खान १० रन बनाएर खेलिरहेका थिए ।

नेपालका लागि करण केसीले पहिलो बलमै विकेट लिएका हुन् । करणले मार्टिन कोट्जेलाई गुल्सन झाबाट क्याच गराए ।