इङ्लिस प्रिमियर लिग

विलियम्समाथि टोटनहमको नजर

काठमाडौं । इङ्लिस क्लब टोटनहमले स्पेनिस विंगर निको विलियम्स भित्र्याउने इच्छा देखाएको छ । टोटनहमले स्पेनको एथलेटिक्स क्लब बिल्वाओबाट विलियम्सलाई भित्र्याउन चाहेको हो ।

विभिन्न सञ्चार माध्यममा आएका खबर अनुसार टोटनहमले विलियम्स अनुबन्धका लागि प्रस्ताव अगाडि बढाउने तयारी गरिरहेको छ ।

सन् २०२० मा बास्कोनियाबाट एथलेटिको फर्किएका विलियम्सले सन् २०२१ मा सियिनर टोलीका लागि डेब्यू गरेका थिए । उनले ९४ स्पेनिस ला लिगा खेलमा नौ गोल गरेका छन्  ।

सन् २०१३ देखि २०१९ सम्म एथलेटिकको एकेडेमीमा बिताएका विलियम्स सन् २०१९ मा बास्कोनिया पुगेका थिए ।

यसैगरी प्रिमियर लिगकै आर्सनल र चेल्सीले पनि विलियम्स अनुबन्धमा चासो देखाइरहेका छन् ।