सुशील कोइराला स्मृति यु-१९ महिला राष्ट्रिय ट्वान्टी २० क्रिकेट

यु-१९ राष्ट्रिय क्रिकेटः सुदूरपश्चिम च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेश सुशील कोइराला स्मृति यु-१९ महिला राष्ट्रिय ट्वान्टी २० क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।

बाँकेको कोहलपुर नगरपालिकाले आयोजना गरेको प्रतियोगिताको फाइनलमा सुदूरपश्चिमले कोहलपुर मेयर-११ लाई दुई  विकेटले पराजित गर्यो।

कोहलपुर क्रिकेट रंगशालामा  बिहीबार कोहलपुर मेयर-११ ले प्रस्तुत गरेको  १०३ रनको लक्ष्य सुदूरपश्चिमले अन्तिम बलमा आठ विकेट गुमाउँदै पूरा गर्यो ।

अन्तिम बलमा एक रन आवस्यक हुँदा हिसिला खड्काले चौका प्रहार गर्दै सुदूरपश्चिमलाई जित दिलाइन्। सुदूरपश्चिमका लागि ओपनर मनिषा बोहराले ४१ बलमा पाँच चौकाको मद्दतले सर्वाधिक ४१ रन योगदान गरिन् । यसैगरी स्नेहा महराले १६ रन बनाइन् ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कोहलपुर मेयर-११ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १०२ रनको योगफल तयार पारेको थियो ।

कोहलपुरका लागि कप्तान सना प्रविनले ५४ बलमा तीन चौकाको मद्दतले अविजित ४१ रनको योगदान गरिन् । यसैगरी रिया शर्माले अविजित १४ तथा तृष्णा विश्वकर्माले १२ रन बनाए।

सुदूरपश्चिमका लािग अनु कडायत र स्नेहा महराले समान दुई विकेट लिए ।

उपिवजेता काेहलपुर मेयर-११

विजेता सुदूरपश्चिमले उपाधिसहित १ लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता कोलहपुर मेयर ११ ले ५० हजार रुपैयाँ पायो ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित कोहलपुरकी कप्तान सान प्रविनले १५ हजार रुपौयाँ प्राप्त गरिन् ।  गण्डकीकी रचना चौधरी उत्कृष्ट बलर तथा साना नै उत्कृष्ट ब्याटर चुनिए । उनीहरुले जनही ५ हजा रुपैयाँ पाए । सुदूरपश्चिमकी सावित्री धामी उदियमान खेलाडी चुनिइन् ।

समापन समारोहका प्रमुख अतिथि नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसार आचार्य र उपप्रमुख संगीता सुवेदीलगातयतले  विजेतालाई पुरस्कार वितरण गरेका थिए ।

६ दिनसम्म सञ्चालित प्रतियोगितामा कोहलपुर मेयर(११, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशको सहभागिता थियो।