मनमोहन स्मृति यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता

यु-१६ क्रिकेटः मधेशले सुदूरपश्चिमलाई हरायो

काठमाडौं । मधेश प्रदेशले पोखरामा जारी मनमोहन स्मृति यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशमाथि ११ रनको जित निकालेको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बिहीबार मधेशले प्रस्तुत गरेको १३६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम२४.४ ओभरमा १२४ रनमा समेटियो ।

सुदूरपश्चिमका लागि सचिन साउदले ४५, निरन्जन गौतमले २३, कप्तान निरज ऐरले २० र राजेश ऐरले १२ रन बनाए ।

मधेशका लागि कप्तान चन्दन रामले ४.४ ओभरमा १६ रन खर्चिर पाँच विकेट लिए । यसैगरी अभय यादवले दुई तथा मिराज आलम र रोहन यादवले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको मधेशले निर्धारित २५ ओभरमा सबै विकेट गुमाउँदै १३५ रनको योगफल तयार पारेको थियो ।

मधेशका लागि राहुल हक अन्सारीले ४९, मोहम्मद अर्मानले ४२ र आदित्यप्रसाद मण्डलले १५ रन बनाए ।

सुदूरपश्चिमका लागि डम्बर माझीले पाँच ओभरमा एक मेडनसहित १९ रन खर्चिएर ६ विकेट लिए ।  यसैगरी सचिन भाट र निरञ्जन गौतमले समान एक विकेट लिए ।