चैत्र ६, २०८२ शुक्रबार | २०:४१:२९
पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा

आज स्थगित एन्फा कार्यसमिति बैठक शुक्रबार बस्ने

काठमाडौं । कोरम नपुगेका कारण बिहीबार स्थगित अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमिति बैठक शुक्रबार बस्ने भएको छ।

‘अध्यक्ष (पंकजविक्रम नेम्वाङ) ले आज स्थिगित भएको बैठक भोली दिउँसो ४ बजेका लागि बोलाउनु भएको छ,’एन्फा स्रोतले भन्यो,‘यही फागुन १४ गतेको साधारणसभाको तयारीका लागि यो बैठक बोलाइएको हो । यसले साधारणसभामा पेश गर्ने वार्षिक बजेट तथा कार्यक्रम तय गर्नुपर्नेछ।’

गत वर्ष असारमा प्रचण्ड बहुमतका साथ पंकजविक्रम नेम्वाङको अध्यक्षतामा पूरा प्यानल नै निर्वाचित भए पनि एन्फा कार्यसमिति चुनावलगत्तै आपसी विवादमा रुमल्लिएको थियो । त्यसयता विना विवाद एउटै बैठक सञ्चालन गर्न नसकेको एन्फाको आज बिहानलाई तय भएको बैठक पनि बहुमत सदस्यको विरोधका कारण बस्न सकेन ।

अध्यक्ष नेम्वाङका मुख्य सहयोगीका रुपमा रहँदै आएका उपाध्यक्ष दावा लामा लागु औषध कारोबारको अपराधमा अदालतबाट दोषी ठहर भएको १० वर्ष पुरानो निर्णय सार्वजनिक भएपछि सम्पर्कविहिन छन् । २१ सदस्यीय कार्यसमितिमा लामा सम्पर्कविहिन भएपछि बाँकी २० मध्ये ११ जनाले बिहीबार बैठकको उपस्थिती पुस्तिकामा हस्ताक्षर गर्न नमानेपछि कोरम नपुगेर बैठक चल्न सकेन ।

एन्फा सचिवालयले प्रस्तुत गरेका एजेन्डामात्र समावेश गरेर अध्यक्ष नेम्वाङले जबरजस्ती बैठक सञ्चालन गर्न खोजेपछि विवाद सुरु भएको थियो । बैठकको निमन्त्रणा प्राप्त भएपछि एन्फाका कार्यसमिति सदस्यद्धय रविन्द्रबहादुर चन्द र पेमा डोल्मा लामाले एजेन्डा थप गर्ने माग राखेका थिए ।

दुई सदस्यले विधानअनुसार माग गरेका एजेन्डा थप नगरेसम्म उपस्थितीमा हस्ताक्षर नगर्ने भन्दै बहुमत ११ सदस्यले विरोध जनाएपछि बैठकको कोरम पुगेको थिएन । पछि अध्यक्ष नेम्वाङले चन्द र लामाकाे मागअनुसार सबै एजेन्डा थप गर्न सहमती जनाएपछि भाेली बैठक बस्ने भएकाे हाे ।

बिहीबार बैठकका लागि उपस्थित भएर पनि पदाधिकारीले माग गरेका एजेन्डा समावेश नगरेका कारण हस्ताक्षर नगर्नेमा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्षद्धय विराटजंग शाही र दीर्घबहादुर केसी (कुमार) , कार्यसमिति सदस्यहररु अनिल मल्ल, रविन्द्रबहादुर चन्द, भोजराज शाही, रुपेश अधिकारी, रमेश ब्यन्जनकार र पेमा डोल्मा लामा छन् । यसैगरी पछिल्ला बैठकहरुमा अध्यक्ष नेम्वाङको पक्षमा रहँदै आएका मणीराज विष्ट र मनिष जोशी पनि यसपाली विपक्षमा उभिएका छन् ।

अल्पमतमा परेका अध्यक्ष नेम्वाङको पक्षमा उपाध्यक्ष दीपक खतिवडा तथा सदस्यहरु महेन्द्र क्षेत्री, पुरुषोत्तम थापा, भरत बुढ थापा, विकास श्रेष्ठ, दीपेन्द्र धिमाल, टिका लामा र सरिला श्रेष्ठ थिए ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो