सायम प्रिमियर लिग

एसपिएलः ब्लास्टर्सलाई उपाधि

सायम खेलकुद सप्ताहका पदक विजेता

काठमाडौं । सायम ब्लास्टर्स सायम प्रिमियर लिग (एसपिएल) ट्वान्टी २० क्रिकेट प्रतियोगिताको  चौथो संस्करणमा च्याम्पियन बनेको छ ।

सायम कलेजको वार्षिक कार्यक्रमअन्तर्गतको खेलकुद सप्ताहमा बुधबार सम्पन प्रतियोगतामा ब्लास्टर्सले सायम सिक्सर्सलाई आठ विकेटले पराजित गरेको हो।

कीर्तिपुरस्थित ल्याबोरेटोरी माध्यामिक विद्यालयको खेल मैदानमा सम्पन्न प्रतियोगितामा विजेता सायम ब्लास्टर्स र उपविजेता सायम सिक्सर्ससहित सायम सुपर किङ्स र सायम च्यालेन्जर्स गरी चार टोलीले सहभागिता जनाएका थिए।

वसन्त पञ्चमीको अवसरमा आयोजना गरिएको खेलकुद सप्ताहमा क्रिकेटसँगै फुटसल, बास्केटबल, ५ किमी दौड, टेबल टेनिस, ब्याडमिन्टनजस्ता इन्डोर तथा विविध खेलहरू समावेश गरिएको थियो।

कलेजका प्राचर्य अशोकराज पाण्डे तथा उपप्राचर्य विशाल श्रेष्ठले पदक विजेता खेलाडीलाई उपहार तथा सम्मान गरेका थिए।