नेपाल क्रिकेट संघ

ज्ञानेन्द्र मल्ल नेपाल ‘ए’ टिमको प्रशिक्षक

फाइल तस्विर

काठमाडौं । पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल ‘ए’ टिमको प्रशिक्षकको जिम्मेवारी दिएको छ । क्यानले बुधबार मल्लसहित कलाम अलीलाई ‘ए’ टिमको प्रशिक्षकमा नियुक्त गरेको जनाएको हो ।

उनीहरुले क्यानडाविरुद्धको शृंखलाबाट आफ्नो जिम्मेवारी सम्हाल्नेछन् । शृंखलाको मिति र स्थान भने तोकिएको छैन । 

मल्लले गत महिना भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबको प्रशिक्षण सम्हालेका थिए । अली बागमती प्रदेश टिमको प्रशिक्षक हुन् । एपिएफले  शीर्ष चारमा स्थान बनाउन नसक्दा बागमती शीर्ष चारभित्र स्थान बनाएको थियो ।

क्यानले  पिएम कपमा दुई सतक बनाएका अनुभवी ब्याटर विनोद भण्डारीलाई कप्तान घोषणा गरेको छ । क्यानले यो टिममा पिएम कप, यु-१९ टोली र राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीलाई समावेश गरेको छ ।

क्यानडाविरुद्धको शृंखलाका लागि घोषित नेपालको ‘ए’ टिम

विनोद भण्डारी( कप्तान), प्रतिश जिसी, आशुतोष घिरैया, रसिद खान, अर्जुन कुमाल, रिजन ढकाल, बसिर अहमद, सागर ढकाल, विवेक यादव, शाहब आलम, हेमन्त धामी, सन्दीप जोरा, किरण ठगुन्ना, शेर मल्ल, मायन यादव, सुजन थपलिया