पाँचपोखरी ट्वान्टी-२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता

पाँचपोखरी ट्वान्टी २० क्रिकेट फागुन दोस्रो साता

सांकेतिक तस्बिर

काठमाडौं । पाँचपोखरी ट्वान्टी-२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको छैटौं संस्करण फागुन १२ देखि १९ गते सम्म हुने भएको छ। सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालधाप गाउँपालिका, खेलकुद विकाश समितिको आयोजनमा प्रतियोगिता मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगिताको सुरुआती तीन संस्करण पाँचपोखरी थाङ्पाल गाउँपालिकाकै खेल मैदान तथा पछिल्ला दुई संस्करण मुलपानी क्रिकेट मैदानमा सम्पन्न भइसकेका छन् ।

प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका आठ टोलीको सहभागिता रहनेछ । सहभागी टोलीमा सिन्धुपाल्चोक जिल्लावासी मात्र रहने प्रावधानलाई निरन्तरता दिइएको छ । यसैगरी सहभागी टोलीले यस वर्षदेखि अन्तर्राष्ट्रिय प्रतियोगितामा उमेर समूह तथा राष्ट्रिय टोलीबाट खेलिसकेका एक जना खेलाडीलाई राख्न पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले १ लाख तथा उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसैरी प्रतियोगिताो सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्यटर, उत्कृष्ट बलर र उत्कृष्ट अलराउण्डरलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ । साथै ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जिसिए) ले सर्वोत्कृष्ट खेलाडीलाई एक वर्ष र उत्कृष्ट बलर एवं उत्कृष्ट ब्याटरलाई ६ महिना निःशुल्क क्रिकेट प्रशिक्षण प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।