फुटसल प्रतियोगिता

ब्रिटिस एजुकेशन ग्रुप फुटसलः द वेस्टमिन्स्टर कलेजलाई उपाधि

काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुप फुटसल प्रतियोगितामा तीन वटै विधाको उपाधि द वेस्टमिन्स्टर कलेजले जितेको छ । प्रतियोगितामा पुरुष विद्यार्थी, महिला विद्यार्थी र स्टाफ गरी (महिला तथा पुरुष) गरी तीन विधा समावेश थियो ।

प्रतियोगितामा ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेज, द वेस्टमिन्स्टर कलेज, ब्रिटिस मोडल कलेज तथा ब्रिटिस प्रोफेशनल कलेजका १२ टोली सहभागी थिए ।  टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीहरुले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

जसअन्तर्गत वेस्टरमिन्स्टरको पुरुष विद्यार्थी टोलले ब्रिटिस प्रोफेशनल कलेजलाई पेनाल्टी सुटआउटमा पराजित गर्यो ।

त्यस्तै, वेस्टमिन्स्टरको महिला टोलीले पनि ब्रिटिस मोडलकोलाई पेनाल्टी सुटआउटमा हरायो । स्टाफतर्फको फाइनलमा वेस्टमिन्स्टरले ब्रिटिस कलेजकोलाई १-०ले पराजित गर्यो ।

  विजेताले मेडल, ट्रफी र प्रमाणत्रसहित २० हजार रुपैयाँ प्राप्त गरेका छन् । उपाधि विजेतालाई सबै कलेजका प्रतिनिधिहरुको उपस्थितिमा पुरस्कार वितरण गरिएको छ ।