एसिसी महिला प्रिमियर कप

कुवेतलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं । कुवेतलाई डकवर्थ लुइस पद्धति (डिएलएस)मा आठ विकेटले पराजित गर्दै नेपाल एसिसी महिला प्रिमियर कपको सेमिफाइनलमा प्रपेश गरेको छ ।

मलेसियाको क्वालालाम्पुरस्थित वाइएसडी युकेएम ओभलमा बुधबार सम्पन्न क्वार्टरफाइनलमा कुवेतले प्रस्तुत गरेको ७४ रनको लक्ष्य पछइरहेको नेपालले ६.४ ओभरमा दुई विकेट गुमाउँदै ४४ रन बनाएको अवस्थानमा वर्षाका कारण खेल रोकिएको थियो । भारी वर्षाका करण खेल सम्भवन नभएपछि नेपाललाई विजेता घोषणा गरिएको हो । 

नेपालका लागि कप्तान इन्दु बर्मा २२ र कविता जोशी चार रन बनाएर खेलिरहेका थिए । त्यसअघि सीता रानामगर १७ र कविता कुँवर एक रन बनाएर आउट भए ।

 कुवेतका लागि मारियम ओमरले एक विकेट लिइन् ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कुवेतले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ७३ रनको योगफल तयार पार्यो । कुवेतका लागि प्रियदा मुरलीले २९ तथा शान्ति बालसुब्रमण्यम र खादिजा खलीलले सामान १३ रन बनाए ।

नेपालका लागि सीता रानामगरले तीन तथा रुबिना क्षेत्री र कविता कुँवरले समान दुई विकेट लिए । सीताले ह्याट्रिक पूरा गरेकी हुन् । उनले १३औं ओभरको प्रियदालाई एलबिडब्लुको धरापमा पारिन् । तेस्रो बलमा मार्याम ओमरलाई विकेटकिपर काजल श्रेष्ठबाट स्टम्पिङ्ग गराइन् । चौथो बलमा कप्तान अम्ना सरिफलाई एलबिडब्लु आउट गरिन् ।

नेपाल समूह ‘डी’ को विजेता तथा कुवेत समूह ‘ए’ को उपविजेताका रूपमा क्वार्टरफाइनल प्रवेश गरेका हुन् ।

नेपालले समूह चरणमा हङकङ र भुटानलाई समान आठ विकेट तथा माल्दिभ्सलाई २१४ रनले पराजित गरेको थियो । समूह चरणमा सिंगापुरलाई १० विकेट र म्यानमारलाई २७ रने पराजित गरेको कुवेत थाइल्यान्डसँग ९६ रनले स्तब्ध बनेको थियो ।

नेपालले फाइनल प्रवेशका लागि मलेसियाको सामना गर्नेछ ।