रेचेल कुन्दनान्जी

कुन्दानान्जी कीर्तिमानी मूल्यमा अमेरिकी क्लबमा अनुबन्ध

काठमाडौं । जाम्बियाकी रेचेल कुन्दनान्जी कीर्तिमानी मूल्यमा अमेरिकी क्लब बे एफसीमा अनुबन्ध भएकी छन् ।

बे एफसीले फरवार्ड कुन्दनान्जीलाई ६ लाख ८५ हजार पाउन्डमा स्पेनिस क्लब रियाल मड्रिडबाट भित्र्याएको हो । यससँगै उनी सबैभन्दा महँगो महिला फुटबलर बनेकी छन् ।

क्लब र कुन्नान्जीसँग चार वर्षको सम्झौता गरेको छ । उनीसँग थप एक वर्ष सम्झौता लम्बाउने विकल्प पनि रहनेछ ।

कुन्दनान्जीले मड्रिडका लागि ४३ लिगा एफ खेलमा ३३ गोल गरिन् । यससँगै २३ वर्षीय कुन्दनन्जी ट्रान्सफर विन्डाेमा कीर्तिमान तोड्ने पहिलो अफ्रिकी खेलाडी (पुरुष वा महिला) बनेकी छन्।

यसअघि स्पेनिस क्लब बार्सिलोनाले इङ्ल्यान्डकी मिडफिल्डर केइरा वाल्सलाई सन् २०२२ मा म्यानचेस्टर सिटीबाट कीर्तिमानी ४ लाख पाउन्डमा भित्र्याएको थियो ।  

‘जाम्बियाका मानिसहरू चकित हुनेछन् तर तिनीहरू धेरै खुसी हुनेछन्,’ सम्झौतापछि कुन्दनन्जीले भनिन्‘ म बे एफसी समर्थकलाई उनीहरूले चाहेको कुरा दिन चाहन्छु (खेलको आनन्द लिन, मलाई खेलिरहेको र गोल गरेको देखेर आनन्द लिन) ।’