अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखला

तेस्रो ट्वान्टी २० मा वेस्ट इन्डिज विजयी

काठमाडौं ।  वेस्ट इन्डिजले अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाको तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली अस्ट्रेलियालाई ३७ रनले स्तब्ध बनाएको छ ।

 जितसँगै वेस्ट इन्डिज ‘क्लिन स्विप’ हुनबाट जोगिएको छ । अघिल्ला दुई खेलमा अस्ट्रेलिया ११ रन र ३४ रनले विजयी भएको थियो ।

पर्थ क्रिकेट रंगशालमा मंगलबार २२१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २० ओभर नै ब्याटिङ गरेपनि पाँच विकेट गुमाउँदै १८३ रन बनाउन सक्यो ।

अस्ट्रेलियका लागि ओपनर डेविड वार्नरले ४९ बलमा नौ चौका र तीन छक्काको मद्दतलले सर्वाधिक ८१ रन बनाए । यसैगरी टिम डेविडले ४१, मिचेल मार्शले  १७, आरोन हार्डलीले १६ र ग्लेन म्याक्सवेलले  १२ रन जोडे ।

पहिलो विकेटका लागि वार्नर र मार्शले ६८ रनको साझेदारी गरे ।  वेस्ट इन्डिजका लागि रोस्टन  चेस र रोमारियो शेफर्डले समान दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२० रनको योगफल तयार पार्यो ।

वेस्ट इन्डिजका लागि आन्द्रे रसेलले  २९ बलमा सात  छक्का र चार चौकाको माद्दतले सर्वाधिक ७१ रनको योगदान गरे । यसैगरी शेर्फान रदरफोर्डले  ४० बलमा समान पाँच चौका र छक्काको मद्दतले अविजित ६७ रोस्टन चेस ले३७, रोभम्यान पावेलले २१ र कायल मेयर्सले ११ बनाए ।

कुनै समय ७९-५ को अवस्थामा पुगेको वेस्ट इन्डिजलाई छैटौं विकेटका लागि रसेल र रदरफोर्ड र १३९ रनको साझेदारी गर्दै बलियो योगफल सम्ममा पुर्याए। यसैगरी चाैथाे विकेटका लािग चेस र पावले ५५ रनकाे साझेदारी गरे । 

अस्ट्रेलियका लागि ‘डेब्यू’ गरेका जेभियर बार्टलेटले चार ओभरमा ३७ रन खर्चिदै दुई विकेट लिए । यसैगरी जेसन बेहरनडोफ, स्पेन्सर जोनसन, आरोन हार्डली र एडम जाम्पाको नाममा समान एक विकेट रह्यो ।