भक्तपुर कप खुला फुटबल प्रतियोगिता

तेश्रो भक्तपुर कप फागुन तेस्रो साता

काठमाडौ । तेश्रो भक्तपुर कप खुला फुटबल प्रतियोगिता फागुनको तेस्रो साता हुने भएको छ । आयोजक भक्तपुर युवा टिमले पत्रकार सम्मेलनमार्फत प्रतियोगिता फागुन १८ गतेदेखि २६ गतेसम्म हुने जानकारी दिएको हो ।

प्रतियोगिता महेश्वरी खेल मैदानमा हुनेछ । आयोजक टिमका अध्यक्ष केशव त्वानाबासुले प्रतियोगिताको विजेतालाई १ लाख २५ हजार र दोस्रो हुनेलाई ६५ रुपैयाँ प्रदान गरिने बताए ।

प्रतियोगितामा सहभागिताका लागि १२ हजार ५ सय रुपैयाँ तिरेर टिम दर्ता गर्न सकिनेछ । यसैगरी खेल अवधिभर खेलाडीको विमाको जिम्मेवारी आयोजकले नै लिनेछ ।

भक्तपुरको खेलकुद र सामाजिक कार्यलाई प्रभावकारी बनाउन मित्रता अनुशाशन र स्वास्थको लागि खेलकुद भन्ने नाराका साथ भक्तपुर युवा टिम २०५० सालमा गठन भएको थियो । यसअघि २०७८ फागुन ६ देखि १४ पहिलो तथा २०७९ फागुन ५ देखि १३ गतेसम्म दोस्रो संस्करण सफलाका साथ सम्पन्न भएकाे थियाे ।