ज्ञानेन्द्र मल्ल

ज्ञानेन्द्र, शक्ति र रिजनले पूरा गरे आइसिसी लेभल २ कोचिङ कोर्ष

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन र रिजन प्रजुले आइसिसी लेभल २ कोचिङ कोर्ष पुरा गरेका छन् ।

उनीहरुले सिंगापुरमा उक्त  कोर्ष उत्तिर्ण गरेका हुन् । कोर्ष गत डिसेम्बर ७ देखि १० सम्म सञ्चालन भएको थियो।

कोर्षको अन्तिम नतिजामा पूर्व कप्तान ज्ञानेन्द्र शीर्ष स्थानमा आएको क्रिकेट संघ (क्यान) ले जनाएको छ।

आइसिसीको कोर्स पुरा गरे लगत्तै तीन जना पूर्व क्रिकेटरले कोचिङ करियरमा आफुलाई ब्यवसायीक रुपमा अगाडि लैजान बाटो खुलेको छ ।

ज्ञानेन्द्रले भर्खर सम्पन्न प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपिएफ क्लबको प्रशिक्षण सम्हालेका थिए । शक्ति भैरहवा एकेडेमी सञ्चालन गरिरहेका छन् ।  यसैगरी रिजन गण्डकी प्रदेशका प्रशिक्षक हुन् ।