मनमोहन स्मृति यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता

यु-१६ क्रिकेट प्रतियोगिता: मधेश विजयी

काठमाडौं । मधेश प्रदेशले पोखरामा जारी मनमोहन स्मृति यु-१६ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार लुम्बिनी प्रदेशमाथि १२ रनको जित निकालेको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मधेशले प्रस्तुत गरेको १२९ रनको लक्ष्य पछ्याएको लुम्बिनी २३.३ ओभरमा ११६ रनमै समेटियो ।

लुम्बिनीका लागि ऋषभ बेलसाले २४, रौनक श्रीवास्तव २३ र आरिफ खानले १५ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

मधेशका लागि मिराज अलामले तीन, रोहन यादवले दुई र चन्दन रामले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको मधेशले २५ ओभरमा सबै विकृट गुमाउँदै १२८ रनको योगफल तयार पार्यो ।

मधेशका लागि परिमार्जन यादवले २८,वासिम अली मन्सुरीले २३, चन्दन राम र रोहन यादवले समान १२, अभय यादवले ११ र राहुल हक अन्सारीले १० रन बनाए ।

लुम्बिनीका लागि लक्ष्मण कुमाल, शुभम खनाल र भुवन शाहीले समान दुई तथा साग गैरे र करण जिएमले समान एक विकेट लिए ।