आइपिएल

आइपिएलको १ हजारौं खेलमा मुम्बई र राजस्थान भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को १ हजारौं खेल आइतबार हुँदैछ । १ हजारौं खेलमा सर्वाधिक ५ पटकको विजेता मुम्बई इन्डियन्स तथा पहिलो संस्करणको राजस्थान रोयल्स प्रतिस्र्धा गर्दैछन् ।

 खेल मुम्बईस्थित वान्खडे स्टेडियममा नेपाली समयअनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । 

सन् २००८ बाट सुरु भएको आइपिएलको पहिलो खेलमा रोयल च्यालेन्जर्स बेङ्लो र कोतकाता नाइटराइडर्सले प्रतिस्पर्धा गरेका थिए । यो खेल अप्रिल १८ मा बेङ्लोरस्थित एम चिन्नाश्वामी स्टेडियमा भएको थियो । 

पछिल्ला २ खेलमा पराजित मुम्बई घरेलु मैदानको फाइदा उठाउँदै चौथो जितको खोजीमा हुनेछ । मुम्बई ७ खेलमा ३ जित र ४ हारको नतिजासहित ६ अंकका साथ नवौं स्थानमा छ ।

रोहित शर्माको कप्तानमी मैदान उत्रिने मुम्बईका लागि क्यारुन ग्रिन, तिलक वर्मा, सूर्यकुमार यादव, इशान किसन मुख्य खेलाडीका रुपमा रहनेछन् ।

पछिल्ला २ खेलमा जित निकालेको राजस्थान पनि त्यसलाई कायम राख्दै शीर्ष स्थानमा उक्लिने लक्ष्यमा छ । राजस्थान ८ खेलमा ५ जित र ३ हारको नतिजासहित १० अंक जोडेर दोस्रो स्थानमा छ ।

सन्जु समसन कप्तान रहेको राजस्थानलाई जशस्भी जैसवाल, जोस बटलर, एडम जाम्पा, देवदत्त पडिकल जस्ता खेलाडीको साथ रहनेछ ।

मुम्बई र राजस्थानले हाल सम्म २७ खेलमा एक अर्काको सामना गरेका छन् । जसमा मुम्बईले १४ र राजस्थानले १२ खेल जित्दा १ खेल विना निताज टुंगिएको छ ।

पछिल्लो सिजनमा राजस्थानले २३ रन तथा मुम्बईले ५ विकेटको जित निकालेका थिए ।

यसैगरी आइतबार नै दिउँसो ३ः४५बाट सुरु हुने खेलमा चेन्नई सुपर किंग्सले पन्जाब किंग्सको सामना गर्नेछ ।