अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिप

अस्ट्रेलियन ओपन करातेमा सहभागी हुने टोलीको बिदाई

काठमाडौं । नेपाल कराते महासंघका महासचिव गुरुङले अस्ट्रेलियन ओपन  कराते च्याम्पियनसिपमा सहभागी हुने २ खेलाडीसहितको ३ सदस्यीय नेपाली टोलीको विदाई गरेका छन् । 

टोलीको प्रशिक्षकमा १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता मन्डेकाजी श्रेष्ठ तथा खेलाडीमा सुशिल र शिखर श्रेष्ठ छन् ।

प्रतियोगिता अगामी मे ५ देखि ७ सम्म अस्ट्रेलियाको गोल्डकोस्ट स्पोर्टस सेन्टरमा हुँदैछ ।