आइसिसी विश्वकप छनोट प्ले अफ

युएईले दियो अमेरिकालाई दुई सय ८० रनको लक्ष्य

फाइल फोटो

काठमाडौं । आसिफ खानको शतकप्रेरित युएईले आइसिसी पुरुष विश्वकप छनोट अन्तर्गत प्ले अफको आफ्नो दोस्रो खेलमा अमेरिकासामू दुई सय ८०

नामिबियाको विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब मैदानमा टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ७९ रनको योगफल तयार पारेको थियो ।

युएईका लागि खानले ८४ बलमा नौ चौका दुई छक्काको मद्दतमा एक सय तीन रन बनाए । यसैगरी वृत्य अरभिन्दले ६८ बलमा ६ चौका र एक छक्काको मद्दतमा ५७,  रोहन मुस्ताफाले ३८, आर्यन लाक्राले २६, जुनैद सिद्धिकीले अविजित १६  र रमिज शाहजादले १५ रन जोडे ।

पाँचौं विकेटका लागि खान र मुस्ताफाले एक सय पाँच तथा दोस्रो विकेटका लागि अरभिन्द र लाक्राले ७३ रनको साझेदारी गरेका थिए ।

अमेरिकाका लागि जेसी सिंह र निर्सग पटेलले दुई तथा  शौरभ नेत्रावाल्कर र अली खानले समान एक विकेट लिए ।

पहिलो खेलमा पपुवा न्युगिनी (पिएनजी) लाई  २१ रनले पराजित गरेको युएई लगातार दोस्रो जितको खोजीमा छ ।

अमेरिका पनि दोस्रो जित निकाल्ने लक्ष्यमा छ । पहिलो खेलमा नामिबियालाई ८० रनले हराएको अमेरिका दोस्रो खेलमा क्यानाडासँग २६ रनले पराजित भएको थियो ।