काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको छैटौं देखि १३ औं चरण सम्मको खेल तालिका सार्वजनिक भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहिबार खेल तालिका सार्वजनिक गरेको हाे । लिगका खेलहरु दशरथ रंगशाला, च्यासल रंगशाला तथा एन्फा कम्प्लेक्समा हुनेछन् ।
तालिका अनुसार चैत २० गते हुने छैटौं चरणको पहिलो खेलमा संकटा क्लबले नवप्रवेशी एफसी खुमलटारको समाना गर्नेछ । यो खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।
सोही समयमा च्यासल रंगशालामा हुने विभागीय डर्बीमा नेपाल एपिएफ फुटबल क्लबले नेपाल पुलिस क्लबको सामाना गर्नेछ ।
लिगमा हालसम्म पाँच चरणका खेल समाप्त हुँदा सातदोबाटो युथ क्लब १२ अंकका साथ शीर्ष स्थानमा रहँदा नेपाल पुलिस क्लब एक अंकका साथ अन्तिममा छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
