काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको छैटौं देखि १३ औं चरण सम्मको खेल तालिका सार्वजनिक भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहिबार खेल तालिका सार्वजनिक गरेको हाे । लिगका खेलहरु दशरथ रंगशाला, च्यासल रंगशाला तथा एन्फा कम्प्लेक्समा हुनेछन् ।
तालिका अनुसार चैत २० गते हुने छैटौं चरणको पहिलो खेलमा संकटा क्लबले नवप्रवेशी एफसी खुमलटारको समाना गर्नेछ । यो खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।
सोही समयमा च्यासल रंगशालामा हुने विभागीय डर्बीमा नेपाल एपिएफ फुटबल क्लबले नेपाल पुलिस क्लबको सामाना गर्नेछ ।
लिगमा हालसम्म पाँच चरणका खेल समाप्त हुँदा सातदोबाटो युथ क्लब १२ अंकका साथ शीर्ष स्थानमा रहँदा नेपाल पुलिस क्लब एक अंकका साथ अन्तिममा छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
