नेत्रहिन क्रिकेट

नेत्रहिन क्रिकेट प्रतियोगिताः गोर्खा र मधेस प्रदेश विजयी

काठमाडौं । पर्साको वीरगंज स्थित नारायणी रंगशालामा संञ्चालन भइरहेको चौथो कादुरी नेत्रहिन क्रिकेट प्रतियोगीतामा गोर्खा र मधेस प्रदेश विजयी भएका छन् । 

 गोर्खाले बिहिबार सम्पन्न खेलमा प्रदेश १ लाई १८ रनले पराजित गरेको हो । गोर्खाले प्रस्तुत गरेको एक सय ७७ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले १५ आभेर नै ब्याटिङ गरे पनि एक सय ५९ रन मात्र बनाउन सक्यो ।

त्यसअघि टास हारेर ब्याटिङको निम्तो पाएको गोर्खाले निर्धारित १५ ओभरमा एक विकेट गुमाउँदै एक सय ७७ रनको योगफल तयार पारेको थियो । गोर्खाकी विनिता पुनले एक सय दुई रन जोडिन् । 

बिहिबार नै सम्पन्न अर्को खेलमा मधेस प्रदेशले चितवनलाई आठ विकेटले पराजित गरेको थियो ।