सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप

पुलिस सेमिफाइनलमा

फाइल तस्बिर

काठमाडौं ।  विभागीय टोली नेपाल पुलिस क्लबले सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिपफाइनलमा स्थान सुरक्षित गरेको छ ।

पुलिसले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार सम्पन्न तेस्रो क्वार्टरफाइनलमा  दावाली मिलन क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो ।

पहिलो सेट २५–१६ ले जितेको पुलिसले निकै प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट २४–२६ ले गुमाएको थियो । त्यसपछिका दुई सेट २५–१९ र २५–१८ ले आफ्नो पक्षमा पार्दै पुलिसले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

पुलिस समूह ‘सी’ को विजेता तथा दावाली मिलन समूह‘‘ए’ को उपविजेता विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेका थिए ।

यसैगरी  पुरुषतर्फ नै विभागीय टोलीहरु नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबले पनि आ–आफ्नो खेलमा जित हात पार्दै सेमिफाइनलमा स्थान बनाएका छन् ।

एपिएफले केशवलाल स्मृति भलिबल प्रशिक्षण केन्द्रलाई २५–१४,२५–१९ र २५–२० तथा आर्मीले गण्डकी प्रदेशलाई २५–२२,२१–२५,२५–१० र २६–२४ ले  पराजित गरेका थिए ।