भलिबल

यु २३ टोली ढाका प्रस्थान गर्दै

काठमाडौं । बंगलादेशमा आयोजना हुने बंगबन्धु एसियन यु २३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सहभागी हुन नेपाली टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ ।

नेपाल भलिबल संघ (एनभिए)ले आइतबार नै १९ सदस्यीय टोलीलाई बिदाई गरेको थियो । टोली आज नै ढाका पुग्ने कार्यक्रम छ । बीच भलिबल टोली भने केहि दिनपछि मात्रै त्यसतर्फ पुग्नेछ ।

प्रशिक्षक जगदिश भट्टको प्रशिक्षणमा यस अघि नै १४ सदस्यीय टोली घोषणा भइसकेको छ । नेपाली टोलीको कप्तानमा ओपन स्पाइकर धिरोजकुमार बस्नेत छन् । यस अघि संंघले खुला छनोटमा आएका ८६ खेलाडीबाट राष्ट्रिय टोली निर्माण गरेको थियो ।

बंगबन्धु एसियन यु २३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, श्रीलंका र काजकिस्तान रहेका छन्। नेपालले पहिलो खेलमा बिहीबार आयोजक बंगलादेशसँग खेल्नेछ ।

नेपाली टोलीः 
धिरोज कुमार बस्नेत (कप्तान)– ओपन स्पाइकर
रवि केसी– ओपन स्पाइकर
सन्तोष खत्री– ओपन स्पाइकर
अर्जुन नेपाली– क्विक स्पाइकर
रुपबहादुर गुराउ –अलराउन्डर
बिष्णु बस्नेत– ओपन स्पाइकर
सफल बिक– क्विक स्पाइकर
सन्तोष महत्ता– क्विक स्पाइकर
हेमन्त मल्ल– अलराउन्डर
वेद प्रकाश जोशी– सेटर
सम्राट भण्डारी– सेटर
गौरब पाण्डे–लिबेरो
भिमराज गुरुङ– लिबेरो

बीच भलिबल खेलाडीः
महिलाः
कोपिल उप्रेती 
कमला पुन
पुरुषः
मानबहादुर श्रेष्ठ
दिल सुनार