करिम बेन्जेमा

अन्तर्राष्ट्रिय खेल जीवनबाट बेन्जेमाको संन्यास

फ्रान्सका स्ट्राइकर करिम बेन्जेमाले अन्तर्राष्ट्रिय खेल जिवनबाट संन्यासको घोषणा गरेका छन् ।

स्पेनिस क्लब रियाल मड्रिडबाट व्यवसायिक फुटबल खेल्ने बेन्जेमाले सोमबार संन्यासको घोषणा गरेका हुन ।  

विश्वकअघिको अभ्यासका क्रममा चोट लागेपछि बेन्जेमा टोलीबाट बाहिरिएका थिए । फ्रान्स विश्वकप फुटबलको फाइनलमा पराजित भएको भोलिपल्ट सामाजिक सञ्जालमार्फत बेन्जेमाले  अन्तर्राष्ट्रिय खेल जीवनबाट संन्यास लिने निर्णयमा  पुगेको जनाएका हुन ।

कतार विश्वकप २०२२ को आइतबार सम्पन्न फाइनलमा खेलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४–२ ले परजित हुँदै साबिकको विजेता फ्रान्सले उपविजेतामै चित्त बुझाएको थियो ।

यसै वर्ष बलोन डी अर जितेका  बेन्जेमाले फ्रान्सका लागि ९७ खेलमा ३७ गोल गरेका छन ।

सन् २००७ मा  अष्ट्रियाविरुद्धको खेलमार्फत अन्तर्राष्ट्रिय ‘डेब्यु’गरेका बेन्जेमाले यही वर्ष क्रोएसियाविरुद्ध अन्तिम खेल खेलका थिए ।