भलिबल

महिला भलिबलमा एपिएफ, बागमती र पुलिस विजयी

पोखरा । विभागीय टिम एपिएफ, नेपाल पुलिस र बागमती प्रदेश नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला भलिबलको दोस्रो दिनको खेलमा विजयी भएका छन् ।

म्याग्दीको बेनी स्थित खुल्ला मञ्च खेलमैदानमा भएको पहिलो खेलमा एपिएफ क्लबले कर्णाली प्रदेश, बागमतीले प्रदेश एक र नेपाल पुलिस क्लबले लुम्बीनीलाई पराजित गरेका हुन् । तीन वटै खेल लगातार सोझो सेटमा सकिएको थियो ।

एपिएफले कर्णालीलाई २५–६, २७–२ र २५–७ को सोझो तीन सेटमा पराजित गरेको थियो । बागमतीले प्रदेश एकलाई २५–१७, २५–१२ र २५–१२ को सोझो तीन सेटमा पराजित ग¥यो । नेपाल पुलिस क्लवले लुम्बीनी प्रदेशलाई २५–१०, २५–११ र २५–१९ ले पछि पर्यो ।

शुक्रबारको खेलमा एपिएफकी पवित्रा भट्ट, बागमतीकी सलिना बुढाथोकी, र पुलिसकी लक्ष्मी चन्द्रले वमेन अफ म्याचको उपाधी पाए । बिहीबार भएको उद्घाटन खेलमा गण्डकीले सुदूरपश्चिमलाई सोझो ३ सेटमा पराजित गरेको थियो ।

समूह विजेता बन्दै गण्डकी र नेपाल पुलिस क्लव क्वाटरफाइनलमा प्रवेश गरेका छन् । शनिबार कर्णाली प्रदेश र त्रिभुवन आर्मी, मधेश प्रदेश र प्रदेश एक बीच प्रतिस्पर्धा हुनेछ । कात्तिक २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमको सहभागिता छ । उक्त्त प्रतियोगिता लिककम नकआउटको आधारमा खेलाइएको प्रतियोगिता संयोजक याम बहादुर गुरुङले बताए ।