बास्केटबल

महिला बास्केटबलमा आर्मीको विजयी सुरुआत

पोखरा । नवौं राष्ट्रिय खेलकुदमा अन्तर्गत तनहुँ जिल्लामा भएको महिला बास्केटबल प्रतियोगितामा आर्मीले विजयी सुरुआत गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मीले मधेस प्रदेशलाई ७१–१३ को फराकिलो अन्तरमा पराजित गरेको हो ।

महिला बास्केटबल प्रतियोगिताको पहिलो चरणमा आर्मीले २२–० को फराकिलो अन्तर बनाएको थियो । दोस्रो, तेस्रो र चौथो चरणमा पनि आर्मीले निरन्तर अग्रता कायम गरि सहज रूपमा जित हासिल गरेको हो । जहाँ आर्मीले क्रमश ः २२–६, १४–४ र १३–३ को अंक प्राप्त गरेको थियो । प्रतियोगिता अवधिभरमा मधेस प्रदेशबाट पुष्प बानले ७ अंक जोडेकी छिन् भने आर्मीबाट रोशनी  श्रेष्ठले २१ अंक जोडेकी थिईन् ।

भोलि थ्रि बाइ थ्रि बास्केटबल प्रतियोगितामा बागमती प्रदेश र मधेस प्रदेश, आर्मी र लुम्बिनी प्रदेश, सुदुरपश्चिम र प्रदेश–१, एपिएफ (सशस्त्र) र गण्डकी प्रदेश विच हुनेछ ।

साथै महिला बास्केटबल अन्तर्गत बागमती प्रदेश र प्रदेश–१, त्रिभुवन आर्मी र सुदुरपश्चिम बिच खेल हुने आयोजकले जनाएको छ ।