नेपाल भलिबल संघ

चन्दको उम्मेद्वारी आइतबार घोषणा हुने

काठमाडौं । नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले बुधबार हुने संघको केन्द्रिय निर्वाचनमा अध्यक्षमा उम्मेद्वारी दिने भएका छन् ।

शुक्रबार बसेको संघको बैठकबाट उनले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको खेलाडीलाई बताए ।

’हिजो संघको बैठक बसेको थियो । मैले मन्त्रीज्युकै सामु भोलि अध्यक्षका लागि उम्मेदवारीको घोषणा गर्दैछु आउनु पर्छ भनेको थिए,’ उनले भने, ’सबै प्रक्रिया पुर्याएर मात्र उम्मेदवारीको घोषणा गर्ने सोचेको थिए । सबै प्रक्रिया पुगिसकेको छ । भोलि अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गर्नेछु । त्यो फिक्स नै हो ।’

सेन्ट्रल एसियन भलिबल महासंघका कोषाध्यष समेत रहेका चन्दले आइतबार दिउँसो साँढे एक बजे होटेल ऐल्लो प्यागोडामा उम्मेदवारीको घोषणा गर्नेछन् ।

वर्तमान कार्यसमितिको कार्यकाल सकिएको दुई वर्षपछि संघले निर्वाचन गर्न लागेको हो । संघको निर्वाचन भदौ २२ गते बबरमहलस्थित कार्की बैक्वेटमा हुने तयारी भइसकेको छ ।

यसअघि अध्यक्ष पदको लागि वर्तमान कार्यसमितिकि उपाध्यक्ष निरोज मास्केले उम्मेदवारी दिइसकेकी छन् ।महासचिव पदका लागि सचीव मनवीर छन्त्यालले उम्मेदवारीको घोषणा गरिसकेका छन् ।