नेपालको केन्या भ्रमण

ब्याटिङ गर्दै नेपाल

नौरबी । केन्याविरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

नौरबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेपछि नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले ब्याटिङको निर्णय गर्दै पाहुना टिमलाई फिल्डिङको निम्तो दिए ।

नेपाली टिममा एक परिवर्तन गरिएको छ । मुख्य प्रशिक्षक मनोज प्रभाकरले यसअघि पहिलो एकदिवसीय खेलमा सतक प्रहार गरेका आसिफ शेखलाई आराम दिँदै देव खनाललाई उनको स्थानमा राखेका छन् ।

नेपालले केन्यासँग तीन एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ । शृंखलाकोे पहिलो खेलमा नेपालले केन्यामाथि सात विकेटको जित निकालेको थियो । यस खेलमा आसिफले एक सय १० रनको सतकीय इनिङ खेलेका थिए ।

एकदिवसीय शृंखलाअघि नेपालले घरेलु टिमसँग पाँच खेलको ट्वान्टी २० शृंखला खेलेको थियो । यो शृंखला नेपालले ३–२ ले जितेको थियो ।