भलिबल

स्वर्गीय विनय पन्त स्मृति कप पुरुष भलिबल प्रतियोगिता साउन तेस्रो साता

काठमाडौं । किङ्स क्लबले साउन तेस्रो साताबाट  स्वर्गीय विनय पन्त स्मृति कप फोर ए साइड पुरुष भलिबल प्रतियोगिता साउन १९ गतेदेखि सुरु हुने भएको छ । 

नयाँ बसपार्कस्थित ढोरपाटन प्रशिक्षण  केन्द्रमा साउन १९ देखी २१ गते सम्म संचालन हुने  प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार र  तेस्रो स्थानको टोलीले  २० हजार रुपैंया प्राप्त गर्ने आयोजकले जनाएको छ । 

यस्तै, व्यक्तिगत विधातर्फको सर्वाेत्कृष्ट खेलाडीले दुई हजार तथा उत्कृष्ट सर्भर र ब्लकर, सेटर, स्पाइकर र प्रशिक्षकले जनही  एक हजार रुपैंया प्राप्त गर्नेछन् । 

प्रत्येक टिममा पाँच खेलाडी हुनुपर्नेछ । जसमा राष्ट्रिय टिमका एक खेलाडीलाई राख्न पाउने प्रावधान छ ।