नेपाली फुटबल

मोडर्न इन्डियनले डेनमार्कमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौं । काठमाडौंको चोभारस्थित मोडर्न इन्डियन स्कुलको छात्र टोलीले डेनमार्कमा हुने दाना कप २०२२ अन्तर्राष्ट्रिय आमन्त्रण युवा फुटबल प्रतियोगितामा सहभागिता जनाउने भएको छ ।

प्रतियोगिताअन्तर्गत मोडर्न इन्डियन स्कुलको टोलीले १६ वर्ष मुनिको प्रतिस्पर्धामा भाग लिनेछ । प्रतियोगितामा विश्वभरका विभिन्न स्कुललाई प्रतिनिधित्व गर्दै ९३ टोलीले सहभागिता जनाउने मोडर्न इन्डियन स्कुलको टोलीका व्यवस्थापक नरेश रावलले जानकारी गराएका छन् ।

डेनमार्कको हजोरिङ सहरमा हुने प्रतियोगितामा जुलाई २५ देखि ३० सम्म चल्नेछ । लिग कम नकआउट प्रणालीमा हुने प्रतियोगिताका लागि मोडर्न इन्डियन स्कुलको १८ खेलाडीसहित २० सदस्यीय टोली त्यसतर्फ जानेछ । टोलीको प्रशिक्षक प्रशान्त महर्जन छन् भने व्यवस्थापकका रुपमा रावल डेनमार्क जानेछन् ।

मोडर्न इन्डियन स्कुलका प्रधानअध्यापक राजु पिटरले अन्तर्राष्ट्रिय स्तरमा विद्यार्थीहरुको सिप र प्रतिभा विस्तारित गर्ने विश्वास व्यक्त गरे । विद्यार्थीको आत्मविश्वास बृद्धिमा समेत प्रतियोगिता लाभदायी हुने उनको विश्वास छ ।