भलिबल संघ चुनाव

नवलपरासी जिल्ला भलिबल संघको अध्यक्षमा श्रेष्ठ

काठमाडौं । जिल्ला भलिबल संघ नवलपरासीको आगामी चार वर्षे कार्यकालका लागि दिनेश श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार भएको नवलपरासीको चुनावी साधारण सभाले श्रेष्ठ नेतृत्वको १८ सदस्यीय नयाँ कार्यसमिति चयन गर्यो ।

नवलपरासी भलिबलले आगामी कार्यकालका लागि उपाध्यक्षमा शेषनारायण चौधरी र विजय कर्माचार्यलाई चयन गरेको छ । यस्तै, सचिवमा मनोजकुमार चौधरी, कोषाध्यक्षमा गोविन्द प्रधान चुनिएका छन् ।

सदस्यमा शिवलाल चौधरी, शम्भु चौधरी, मायाँ थापा, कमला राना, निमनारायण  चौधरी, विपना परियार, जितेन्द्र चौधरी र श्यामबहादुर चौधरी निर्वाचित भएका छन् ।

प्रदेश प्रतिनिधिमा रमेश कर्माचार्य, मनोनित सदस्यमा अतेन्द्र चौधरी, महेन्द्र चौधरी, श्यामबहादुर गुरुङ र मनोहर चौधरी निर्वाचित भएको नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्केले जानकारी दिइन् ।