नेपाली महिला क्रिकेट

एसिसी महिला ट्वान्टी २०: नेपालको दोस्रो जित

काठमाडौं । सीता राना मगरको दुई विकेटप्रेरित नेपालले एसिसी महिला ट्वान्टी २० च्याम्पियनसिपअन्तर्गत दोस्रो खेलमा कुवेतलाई २५ रनले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७ रनको योगफल तयार गरेको थियो ।

दोस्रो इनिङमा १ सय ८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८२ रन मात्रै बनाउन सक्यो ।

कुवतेका लागि प्रियदा मुरालीले ४० बल खेलेर ३१ सर्वाधिक ३१ रन जोडिन् । यस्तै, मरियम्मा हेदरले १६ तथा कप्तान अम्ना तारिकले १४ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

नेपालका लागि सीताले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिइन् । यस्तै, संगिता राई, इन्दु वर्मा र अस्मिना कर्माचार्यले एक–एक विकेट लिए ।

पहिलो इनिङमा नेपालका लागि कप्तान रुबिना क्षेत्रीले २७ बल खेलेर सर्वाधिक ३४ रन बनाउँदा इन्दु वर्माले ३३ बल खेलेर २८ रन जोडेकी थिइन् । यस्तै ओपनर ज्योति पाण्डेले १५, विन्दु रावलले रन बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

कुवेतका लागि मरियम्मा हैदरले दुई तथा मरियाम ओमार र खदिजा खालीले एक–एक विकेट लिए ।