भलिबल संघ चुनाव

भक्तपुर जिल्ला भलिबल संघको अध्यक्षमा राय सर्वसम्मत

काठमाडौं । भक्तपुर जिल्ला भलिबल संघको अध्यक्षमा विनोदचरण राय सर्वसम्मत चयन भएका छन् । भक्तपुरको शनिबार सम्पन्न पाँचौ साधारण सभाले रायको अध्यक्षतमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

आगामी चार वर्षको कार्यकालका लागि चुनिएको कार्यसमितिमा उपाध्यक्षमा दिपक थापा र श्यामकृष्ण खत्री महासचिवमा गौतमप्रसाद लासिवा, सचिवमा शिवराम धुख्वा, कोषाध्यक्षमा सरला कुशलवट निर्वाचित भए ।

यस्तै, सदस्यहरूमा  सत्यराम न्हिसुतु, सरस्वती सुलु, कृष्ण भण्डारी, श्यामसुन्दर मताङ्ग, दिपक बस्नेत, परशुराम खियँजु र मञ्जु छुकां चयन भएका छन् ।

भलिबल संघको केन्द्रिय चुनाव अघि जिल्ला निर्वाचन धमाधम भइसकेको छ । हालसम्म १० जिल्लामा निर्वाचन सकिसकेको छ । भलिबल संघको केन्द्रिय निर्वाचन हुने मिति तय भने तय भइसकेको छ ।