एभिसी सेन्ट्रल जोन

महिला भलिबल टोलीलाई प्रधानमन्त्रीको सम्मान

फाेटाे साैजन्य: राजेन्द्र चित्रकार

काठमाडौं । गत पुसमा बंगलादेशमा आयोजित एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कप (एभिसी) अन्तर्गत महिलातर्फको उपाधि विजेता नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई सरकारले नगदसहित पुरस्कृत गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बालुवाटारमा विजेता महिला भलिबल टोलीका १२ सदस्यलाई जनही पाँच लाख नगदसहित पुरस्कृत गरेका हुन् ।

यस्तै टोलीका दुई प्रशिक्षकलाई जनही तीन लाख र एक अफिसियललाई दुई लाख नगदसहित पुरस्कृत भए ।

गत पुसमा ढाका उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपालको महिला टोलीले उपाधि रक्षा गरेको हो ।

सोही प्रतियोगिताको पुरुषतर्फ भने नेपाली राष्ट्रिय टोली चौथो स्थानमा सीमित बनेको थियो । पुरुषतर्फको उपाधि भने घरेलु टोली बंगलादेशलाई ३–० को सोझो सेटमा हराउँदै श्रीलंकाले जितेको थियो ।