शीतकालिन ओलम्पिक

शीतकालिन ओलम्पिक आजदेखि

बेइजिङ । चीनको राजधानी बेइजिङमा २४औं शीतकालिन ओलम्पिक शुक्रबारबाट सुरु हुँदैछ ।

कोभिड १९ महामारीको तेस्रो लहर ओमिक्रोनसंगै उच्च सुरक्षा सतर्कता साथ प्रतियोगिताको औपचारिक उद्घाटन हुन लागेको हो । यद्यपि, बुधबारबाट नै प्रतियोगिताअन्तर्गतका केही खेलहरु सुरु भइसकेको छ ।

ओलम्पिक ९१ राष्ट्रका झण्डै तीन हजार खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

चीनमा मानव अधिकारको अवस्था चिन्ताजनक रहेको भन्दै केही देशहरुले ओलम्पिकलाई कुटनीतिक बहिस्कार गरेका छन् । बहिस्कार गर्नेमा अमेरिका, बेलायत, भारतलगायत देशहरु छन् । यी देशहरुले ओलम्पिकको उद्घाटन र समापनमा सहभागी नहुने घोषणा गरेका हुन् ।

हिउँमा खेलिने खेलमा एक सय नौ स्वर्ण पदकको लागि विभिन्न देशका खेलाडीहरुबीच प्रतिस्पर्धा हुनेछ । ओलम्पिकको समापन फेब्रुअरी २० हुनेछ ।