अस्ट्रेलियन ओपन

सहज जित निकाल्दै जोकोभिच सेमिफाइनलमा

काठमाडौं । सर्वियन स्टार नोभाक जोकोभिच वर्षको पहिलो ग्रान्डस्लाम टेनिस प्रतियोगिता अस्ट्रेलियन ओपनको सेमीफाइनलमा प्रवेश गरेका छन् ।

जोकोभिचले क्वाटरफाइनल अन्तर्गत बुधबार सम्पन्न खेलमा रुसका एन्ड्री रुब्लेभलाई ३-० को सोझो सोटमा पराजित गरेका हुन् ।

जोकोभिचले मेलर्बनस्थित रोड लेभर एरिनामा खेल ६-१,६-२ र ६-४ ले आफ्नो पक्षमा पारे ।

जोकोचिच घरेलु खेलाडी एलेक्स डि मिनाउरलाई ६-२, ६-१ र ६- २ रुब्लेभ नर्वेका होल्गर रुनेलाई ७-३, ३-६, ६-४, ४-६ र ७-६ (११-९) ले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेका थिए ।

जोकोभिचले सेमिफाइनलमा अमेरिकाका टोमी पउलको सामना गर्नेछन् । पउलले आफ्नै देशका बेन शिल्टनलाई ७-६(८-६), ६-३, ५-७ र ६-४ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन् ।