युएस ओपन

मेडभेडेभको सहज जित, थिएमको यात्रा पहिलो चरणमा सीमित

न्युयोर्क । युएस ओपनका साविक विजेता ड्यानियल मेडभेडेभले उपाधि रक्षाको लक्ष्यमा रहे पनि त्यसले आफूमाथि दबाब नथपिएको बताएका छन् ।

सोमबारबाट सुरु प्रतियोगितामा सुखद सुरुआत गर्ने गर्नेमा मेडभेडेभले पहिलो चरणमा स्टेफन कोजलभमाथि ६-२,६-४,६-० को  सोझो सेटमा जित निकालेका थिए ।

खेलजीवनको पहिलो ग्रान्ड स्लाम जित्ने क्रममा मेडभेडेभले गत वर्ष नोभाक जोकोभिचलाई हराएका थिए ।

‘साविकको विजेतामाथि थोरै दबाब हुनु स्वभाविक हो,’विश्व नम्बर एक मेडभेडेभले भने,'तर मैले आज दबाबमा खेलेको होइन । यस पटक पनि उपाधि जित्नेमा म आशाबादी छु ।'

यता पूर्वविजेता डोमिनिक थिएमकोे यात्रा भने पहिलो चरणमा सीमित भएको छ ।

पहिलो चरणमा थिएम पाबलो कारेनो बुस्टासँग ७-५,६-१,५-७,६-३ ले पराजित भएका थिए ।

सन् २०२० का विजेता थिएमले चोटका कारण गत वर्ष प्रतियोगिता गुमाएका थिए ।

चार पटकका ग्रान्ड स्लामका फाइनलिस्ट थिएम पछिल्लो १४ महिना चोट र खराब लयबाट गुज्रिरहेका छन् । उनले यस पटक वाइल्ड कार्डमार्फत युएस ओपनमा स्थान बनाएका थिए ।