फ्रेन्च फुटबल संघ

पोग्बा राष्ट्रिय टोलीमा रहनेमा ग्राइट विश्वस्त

पेरिस । फ्रेन्च फुटबल संघ (एफएफएफ) का अध्यक्ष नियोल ली ग्राइटले मिडफिल्डर पाउल पोग्बा मैदानबाहिर जेजस्तो परिस्थितीबाट गुज्रिए पनि उनी कतार विश्वकप २०२२ मा फ्रान्सको टोलीमा रहने विश्वास व्यक्त गरेका छन् ।

सन् २०१८ को रुस विश्वकप विजेता पोग्बा यसै सिजन मात्र इटालियन सिरी ए को क्लब युभेन्टस फर्किएका थिए । पोग्बाका लागि म्यानचेस्टर युनाइटेडको ६ वर्षको बसाई भने सुखद हुन सकेको थिएन ।
सोमबार मात्र पोग्बाले आफू संगठित अपराधिक समूहको निशानामा पर्दै आएको खुलासा गरेका थिए । सो समूहले पोग्बालाई धम्की दिँदै रकम समेत माग्दै आएको बताइएको छ ।

ली ग्राइटले भने मैदानबाहिरको घटनाका कारण पोग्बाको टोलीमा पर्ने सम्भावनामा कुनै असर नगर्ने दाबी गरे । फ्रान्स विश्वकप उपाधि रक्षाको लक्ष्यमा रहेको छ ।

‘पोग्बाले सोमबार मात्र आफू संगठित अपराधिक समूहको निशानामा पर्दै आएको खुलासा गरेका छन्’,ग्राइनेटले भने, ‘पोग्बाको राष्ट्रिय टोली आगमनमा यो घटनाले असर गर्छ भन्ने मलाई लाग्दैन ।’