माघ १६, २०८२ शुक्रबार | १९:२३:४८
साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो

नवाैं राष्ट्रिय खेलकुद: बागमती प्रदेशमा बक्सिङ अन्तिम चरणको छनोट सुरु

काठमाडौं । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले नवाैं राष्ट्रिय खेलकुद-२०७९ का लागि बक्सिङकाे अन्तिम चरणकाे छनोट प्रतियोगिता सुरु भएकाे छ ।

अन्तर्राष्ट्रिय खेलकुद परिसर, सातदोबाटो ललितपुरस्थित केन्द्रीय  बक्सिङ ट्रेनिङ सेन्टरमा बागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकालकाे प्रमुख आतिथ्यता तथा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेकाे विशेष उपस्थितिमा सोमबार बाट अन्तिम चरणकाे खेलाडी छनोटप्रतियोगिता सुरु भएकाे हाे ।

बागमती प्रदेशका अभिभावक युवा तथा खेलकुद मन्त्री ढकालले खेलाडीहरुलाई खेलमै उज्वल भबिष्यको वातावरणकाे सृजना गर्न प्रतिबद्ध रहेकाे र नवाैंमा प्रथम हुने खेलाडीलाई ६ हजार मासिक भत्ता उपलब्ध गराउने समेत बताउदै सहभागी सबै खेलाडीहरुलाई उज्वल खेल जिवनकाे शुभकामना व्यक्त गरेका थिए ।

आज सम्पन्न भएकाे अन्तिम चरणकाे सेमिफाइनल खेलहरुमा महिलातर्फ ५० के.जी.ताैल समूहमा रामेछापकी रेजिना रन्जितकारकाे विरुद्ध  काभ्रेकी प्रतिष्ठा अर्यालले ५:० अङ्कमा जित हासिल गरिन् । त्यस्तै, पुरुष तर्फ ५४ के.जी. ताैल समूहमा ललितपुरका आर्यन थापाकाे विरुद्ध मकवानपुरका सुदेश मानन्धरले ५:० अङ्कमा जित हासिल गरे ।

पुरुष ६० के जी. ताैल समूहमा दाेलखाका अनिस घिसिङकाे विरुद्ध रसुवाका सुलभ मालीले ५:० अङ्कमा जित हासिल गरे । साेही ताैल समूहमा मकवानपुरका एनिस पुलामीकाे विरुद्ध काठमाडौंका मार्शल गुरुङले ५:० अङ्कमा जित हासिल गरे । भने ६३.५ केजी ताैल समूहमा ललितपुरका सागर दर्जीकाे विरुद्ध काठमाडौंका मनिस श्रेष्ठले ५:० अङ्कमा जित हासिल गरे ।

आज सम्पन्न भएकाे फाइनल खेलहरुमा पुरुष तर्फ ५१ केजि ताैल समूहमा उमंग केसीकाे विरुद्ध काभ्रेका लाल प्रसाद उप्रेतीले ५:० अङ्कमा जित हासिल गरे । ५७ केजी ताैल समूहमा ललितपुरका सुयल ढंगाेलकाे विरुद्ध काठमाडौंका सुराेज महर्जनले वाकओभरकाे आधारमा जित हासिल गरे ।

प्रदेश छनोटसमितिका प्राविधिक संयाेजक नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य मान बहादुर भण्डारीका अनुसार अन्तिम चरणकाे छनोट प्रतियोगितामा प्रथम प्रदेश खेलकुद-२०७८ मा प्रथम र दितिय हुने खेलाडी, एसियन खेलमा सहभागी भै बन्द प्रशिक्षणमा रहेकाे खेलाडीहरु र अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरु सहभागी छन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।