चैत्र ११, २०८२ बुधबार | १५:१८:३३
अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न

नवाैं राष्ट्रिय खेलकुद: बागमती प्रदेशमा बक्सिङ अन्तिम चरणको छनोट सुरु

काठमाडौं । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले नवाैं राष्ट्रिय खेलकुद-२०७९ का लागि बक्सिङकाे अन्तिम चरणकाे छनोट प्रतियोगिता सुरु भएकाे छ ।

अन्तर्राष्ट्रिय खेलकुद परिसर, सातदोबाटो ललितपुरस्थित केन्द्रीय  बक्सिङ ट्रेनिङ सेन्टरमा बागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकालकाे प्रमुख आतिथ्यता तथा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेकाे विशेष उपस्थितिमा सोमबार बाट अन्तिम चरणकाे खेलाडी छनोटप्रतियोगिता सुरु भएकाे हाे ।

बागमती प्रदेशका अभिभावक युवा तथा खेलकुद मन्त्री ढकालले खेलाडीहरुलाई खेलमै उज्वल भबिष्यको वातावरणकाे सृजना गर्न प्रतिबद्ध रहेकाे र नवाैंमा प्रथम हुने खेलाडीलाई ६ हजार मासिक भत्ता उपलब्ध गराउने समेत बताउदै सहभागी सबै खेलाडीहरुलाई उज्वल खेल जिवनकाे शुभकामना व्यक्त गरेका थिए ।

आज सम्पन्न भएकाे अन्तिम चरणकाे सेमिफाइनल खेलहरुमा महिलातर्फ ५० के.जी.ताैल समूहमा रामेछापकी रेजिना रन्जितकारकाे विरुद्ध  काभ्रेकी प्रतिष्ठा अर्यालले ५:० अङ्कमा जित हासिल गरिन् । त्यस्तै, पुरुष तर्फ ५४ के.जी. ताैल समूहमा ललितपुरका आर्यन थापाकाे विरुद्ध मकवानपुरका सुदेश मानन्धरले ५:० अङ्कमा जित हासिल गरे ।

पुरुष ६० के जी. ताैल समूहमा दाेलखाका अनिस घिसिङकाे विरुद्ध रसुवाका सुलभ मालीले ५:० अङ्कमा जित हासिल गरे । साेही ताैल समूहमा मकवानपुरका एनिस पुलामीकाे विरुद्ध काठमाडौंका मार्शल गुरुङले ५:० अङ्कमा जित हासिल गरे । भने ६३.५ केजी ताैल समूहमा ललितपुरका सागर दर्जीकाे विरुद्ध काठमाडौंका मनिस श्रेष्ठले ५:० अङ्कमा जित हासिल गरे ।

आज सम्पन्न भएकाे फाइनल खेलहरुमा पुरुष तर्फ ५१ केजि ताैल समूहमा उमंग केसीकाे विरुद्ध काभ्रेका लाल प्रसाद उप्रेतीले ५:० अङ्कमा जित हासिल गरे । ५७ केजी ताैल समूहमा ललितपुरका सुयल ढंगाेलकाे विरुद्ध काठमाडौंका सुराेज महर्जनले वाकओभरकाे आधारमा जित हासिल गरे ।

प्रदेश छनोटसमितिका प्राविधिक संयाेजक नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य मान बहादुर भण्डारीका अनुसार अन्तिम चरणकाे छनोट प्रतियोगितामा प्रथम प्रदेश खेलकुद-२०७८ मा प्रथम र दितिय हुने खेलाडी, एसियन खेलमा सहभागी भै बन्द प्रशिक्षणमा रहेकाे खेलाडीहरु र अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरु सहभागी छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो