युएस ओपन

विलियम्स दोस्रो चरणमा,हालेफ स्तब्ध

न्युयोर्क ।सेरेना विलियम्सले युएस ओपनमा सुखद सुरुआत गरेकी छिन् ।

पहिलो चरणमा विलियम्सले डांका कोभिनिचलाई ६-३,६-३ को सोझो सेटमा पराजित गरिन् । विलियम्सले युएस ओपनपछि अन्तर्राष्ट्रिय खेलजीवनबाट संन्यास लिने बताइसकेकी छिन् ।

२३ पटककी ग्रान्ड स्लाम विजेता विलियम्स मार्गरेट कोर्टको नाममा रहेको २४औं ग्रान्ड स्लामको कीर्तिमानसँग बराबरी गर्न चाहन्छिन् । 

विलियम्सले दोस्रो चरणमा दोस्रो वरियताकी एनिट कोन्टाभियटको सामना गर्नेछिन् । कोन्टाभियटले पहिलो चरणमा ज्याक्वेलिन क्रिस्टियनलाई ६-३,६-० को सोझो सेटमा हराएकी थिइन ।

यता सिमोना हालेफ भने पहिलो चरणमा युक्रेनकी डारिया स्निुहरसँग ६-२,०-६,६-४ को सेटमा स्तब्ध भएकी छिन् ।

यसै महिनामात्र क्यानेडियन ओपनको उपाधि जितेकी हालेफलाई यस पटक युएस ओपनको उपाधि दाबेदारको रुपमा हेरिएको थियो । तर उनको यात्रा पहिलो चरणमा सीमित भएको छ ।