टेनिस

प्रणव र अभिलाषको जोडी फाइनलमा

काठमाडाैं । प्रणव खनाल र अभिलाषा विष्टको जोडी आठौं सिटिजन्स बैक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्समा फाइनलमा प्रवेश गरेका छन् ।

बिहीबार प्रणव र अभिलाषाको जोडीले प्रणव मानन्धर र सर्वानी श्रेष्ठको जोडीलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गरे । सो स्पर्धामा प्रदीप खड्का र सलोनी तामाङको जोडीले निसान श्रेष्ठ र प्रकृति श्रेष्ठको जोडीलाई ६–४, ६–३ को सीधा सेटमा हराउदै फाइनलमा पुगे ।

पुरुष सिंगल्समा प्रदीप खड्काले अकी जुवेन रावतलाई ६–३, ६–३, प्रणव मानन्धरले सौगात विकलाई ६–२, ६–३ तथा प्रणव खनालले विवेक मगरलाई ६–१, ६–० को सोझो सेटमा पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । सन्तोष खत्रीले गौरवप्रताप शाहीबाट वाकओभर पाएर सेमिफाइनलमा पुग्न सफल भए ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा कमल भण्डारी, दावा सोनाम शेर्पा, जितेन्द्र परियार र सिमान्त गुरुङ सेमिफाइनलमा पुगे । ३५ वर्षमाथि पुरुष डबल्समा कमलबहादुर भण्डरी र सुमित मैनाली, राजु क्षेत्री र ईश्वर जिसी, दावा शेर्पा र जितेन्द्र परियार तथा अनिल साइ र समिर शेरचनले सेमिफाइनल यात्रा तय गरे । ५५ वर्षमाथि पुरुष सिंगल्समा विमल गुरुङ, प्रदीपबहादुर शाह, निरन्जन श्रेष्ठ र ध्रुवबहादुर गुरुङले सेमिफाइनलमा स्थान पक्का गरे ।

भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा चन्द्र शाही र रोहित सुनुवारले स्वर्ण भिडन्त निश्चित गरे । ४५वर्षमाथि पुरुष डबल्समा महेश श्रेष्ठ र कृष्णराज घले, राजु क्षेत्री र हेमराज ढकाल, यज्ञबहादुर भण्डारी र रोहित सुनुवार तथा शिवप्रसाद सेढाईं र बिभु कायश्थले सेमिफाइनलमा स्थान बनाए ।